सोनापुर सिमेन्टको आईपीओ बाँडफाँड मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2023 | 02:09:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेड (सोनापुर सिमेन्ट) ले निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले बुधबार बिहान ९ बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।

कम्पनीले असोज १४ गतेदेखि  असोज १८ गते गतेसम्म आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता शेयर निष्काशन गरेको हो । आईपीओ करिब ११ लाख १३ हजार बढीले आवेदन दिएका छन्। 

कम्पनीले यस अघि नै  आयोजना प्रभावित दाङ र रोल्पा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको शेयर बाँडफाँड गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved