किन अचानक स्थगित भयो धितोपत्र बोर्डको संचालक समितिको बैठक ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2023 | 06:09:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक अचानक स्थगित भएको छ। बोर्ड अध्यक्ष रमेश हमालले आज अपरान्ह ४:३० बजेको लागि बैठक डाकेका थिए। 

सो बैठकमा कमोडिटी एक्सचेन्जको लाईसेन्सबारे निर्णय गर्ने एजेण्डा समावेश थियो । तर बैठक अचानक स्थगित भएको हो । बोर्ड अध्यक्ष हमालले सबै संचालकहरु बैठकमा आउन नसक्ने भएकोके बैठक स्थगित गर्नु पर्ने बताए । उनले अर्को बैठक छिट्टै आह्वान हुने समेत जानकारी दिए। 

 धितोपत्र बोर्डमा कमोडिटी एक्सचेन्जको लागि ४ वटा कम्पनीले आवेदन दिएका छन् । कमोडिटी एक्सचेन्जको लागि मल्टी डेरीभेटिभ एक्सचेन्ज लिमिटेड, मल्टी एसेट्स एण्ड डेरीभेटिभ एक्सचेन्ज लिमिटेड, हिमालयन कमोडिटी एण्ड डेरीभेटिभ एक्सचेन्ज , र नेपाल मल्टी कमोडिटिज एक्सचेन्ज लिमिटेडले आवेदन दिएका छन् ।

यी मध्ये २ वटा कम्पनीले लाईसेन्स पाउने छ । बोर्डले प्राप्त आवेदनलाई मुल्यांकनको लागि  मुल्यांकन समिति गठन गरेको थियो। मुल्यांकन समितिको संयोजकमा बोर्डमा कानुन मन्त्रालयबाट प्रतिनिधित्व गर्ने फडिन्द्र गौतम रहेका थिए। उनको बढुवा भएपछि हाल उनी बोर्डमा संचालक छैनन् । त्यस्तै मुल्यांकन समितिमा संचालकहरु रितेश शाक्य र मुकुन्द कुमार क्षेत्री पनि थिए। रितेश श्रेष्ठ अर्थ मन्त्रालयबाट बोर्डमा संचालक छन् भने मुकुन्द श्रेष्ठ राष्ट्र बैंकबाट बोर्डमा संचालक हुन् । त्यस्तै मुल्यांकन समितिमा बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र उप कार्यकारी निर्देशक दीपा दाहाल रहेका थिए। 

स्रोतका अनुसार सो मुल्यांकन समितिले हिमालयन कमोडिटी एण्ड डेरीभेटिभ एक्सचेन्ज र मल्टी एसेट्स एण्ड डेरिभेटिभ एक्सचेन्जलाई बढी अंक दिएको छ । सोहि अनुसार यी दुई कम्पनीले कमोडिटीको लाईसेन्स पाउने आँकलन गरिएको छ।  हिमालयन कमोडिटी एण्ड डेरीभेटिभ एक्सचेन्जमा दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा लगायतको लगानी रहेको छ ।  मल्टी एसेट्स एण्ड डेरिभेटिभ एक्सचेन्जमा  बिक्रम पाण्डे, दिकेश मल्होत्रा लगायतको लगानी रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved