प्रभु क्यापिटल र एन्ट फाउन्डेसनबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2023 | 10:44:26 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु क्यापिटल लिमिटेड र एन्ट फाउन्डेसनबीच समझदारी पत्रमा सम्झौता भएको छ। नोभेम्बर २८ मा एन्ट फाउन्डेसनको “NO Shave November – Fashion for a Cause”, क्यान्सर सम्बन्धी चेतनामुलक कार्यक्रममा आफ्नो ऐक्यबद्घता जनाउँदै सो फाउन्डेसनलाई सामाजिक उत्तरदायित्व कोष मार्फत आर्थिक सहयोग गरी सो क्याम्पेन बिचमा एकआपसमा सहकार्यको सम्झौता गरेका छन् ।

प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशीष गौचन र एन्ट फाउन्डेसनका फाउन्डर प्रशान्त ताम्राकारले हस्ताक्षर गरी समझौतापत्र आदानप्रदान गर्नुभयो ।  

सम्झौतामा प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्र्तगतको प्रोडक्टहरु मध्ये “प्रभु ऐश्वर्या योजना” मा आबद्व हुने महिला दिदीबहिनीहरुबाट क्यापिटललाई प्राप्त भएको पहिलो वर्षको वार्षिक सेवा शुल्क  बाट ५० % सेवा शुल्क बराबरको रकमसाथै,  सो योजनाबाट प्राप्त हुने मुनाफाबाट २० % बराबरको रकम फाउन्डेसनलाई महिला सशक्तिकरण तथा महिलामा हुने स्तन क्यान्सर सम्बन्धी सचेतनामूलक कार्यक्रमका लागि सामाजिक सुरक्षा दायित्व अन्र्तगत प्रभु क्यापिटलले सहयोग गर्ने जनाएको छ । महिलाहरुलाई केन्द्रित गरी सञ्चालित यो लगानी व्यवस्थापन सेवामा महिला ग्राहकहरुले न्यूनतम रु. ३ लाखबाट लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्ने क्यापिटलले उल्लेख गरेको छ ।

“महिलाहरुलाई आर्थिक रुपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’  भन्ने अवधारणा लिई प्रभु क्यापिटलले सञ्चालनमा ल्याएको यो “प्रभु ऐश्वर्या योजना” तथा एन्ट फाउन्डेसन दुबैले महिलाहरुको आर्थिक तथा वित्तीय स्वतन्त्रतामा समेत केन्द्रित रही कार्यक्रम गर्ने हुदाँ दुबै संस्थाको उद्येश्यमा एकरुपता देखिएकाले यो सम्झौता गरेका हौं”, प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशीष गौचनले भने । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved