सेयर बजारलाई हेर्ने सरकारी दृष्टिकोण विरक्तलाग्दो छ : अम्बिका पौडेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2023 | 10:04:14 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य तथा राजस्व समिति सभापति अम्बिकाप्रसाद पौडेलले सेयर बजारलाई हेर्ने सरकारी दृष्टिकोण विरक्तलाग्दो भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १४ औं वार्षिक साधारण सभामा बोल्दै उनले सरकारले सेयर बजारलाई हेर्ने दृष्टिकोण देखेर विरक्त लाग्ने बताएका हुन् ।

‘सेयर बजार र घरजग्गा व्यवसायलाई हेर्ने सरकारी दृष्टिकोण नै भएन, साँच्चै भन्ने हो भने यी दुइ क्षेत्रलाई हेर्ने सरकारी दृष्टिकोण देखेर विरक्त लाग्छ’ उनले भने ।

पौडेलले व्यवसायीले सरकारलाई तिर्नुपर्ने राजस्व समयमै तिर्न नसक्दा व्यवसायीहरुले यति रकम तिर्न बाँकी भनेर ठूला ठूला अक्षरमा समाचार बन्ने गरेको भएपनि सरकारले व्यवसायीको पैसा नदिएर आफैँ चलाइरहेको विषय भने कहीँकतै नआउने गरेकोमा पनि चिन्ता व्यक्त गरे । 

‘डेढ खर्ब रुपैयाँ व्यवसायीको पैसा सरकारले चलाएको छ, व्यवसायीले बक्यौता तिर्न बाँकी छ भनेर सरकारले भनिरहन्छ, मिडियामा पनि ती कुराहरु ठूला ठूला अक्षरमा समाचार बन्छन्, तर सरकारले व्यवसायीको पैसा चलाएको कुरा कतै आउँदैनन्’ राजस्व समिति सभापति पौडेलले भने, ‘५ वर्षको एडभान्स कर सरकारले फिर्ता गरेको छैन, निर्माण व्यवसायीको करोडौं भुक्तानी गरेको छैन, व्यवसायीलाई भने एक दिन कर तिर्न ढिला भयो भने पेनाल लगाइन्छ ।’

उनले सरकार र निजी क्षेत्र एकै रथका दुई पांग्रा भए पनि रथ हाँक्ने घोडा र पांग्रा निजी क्षेत्र नै भएकाले सरकार केबल चालक मात्रै भएको बताए । यदी चालक गतिलो भएन भने घोडा र पांग्राको भरमा अर्थतन्त्ररुपी रथ सही गन्तव्यमा पुग्न नसक्ने उनको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved