शेयरबजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटको लागि कारोबार रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2023 | 11:32:34 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार नियमित कारोबार सुरु भएपछि शेयर बजारमा दोस्रो पटक सर्किट ब्रेक लागेको छ । नेप्से सूचक ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि कारोबार स्थगित भएको छ ।

११ बजार २७ मिनेट नेप्से सूचक ५ प्रतिशतले बढेको हो । आज ११ बजेर ५ मिनेटमा नेप्से सूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । पहिलो सर्किट ब्रेकपछि बजार खुलेको २ मिनेट मै दोस्रो सर्किट ब्रेक लागेको हो ।

यो समाचार तयार पार्दासम्म नेप्से सूचक ५ प्रतिशत अर्थात ९२.७३ अंकले बढेर १९४५.५१ को बिन्दुमा पुगेको छ । अहिलेसम्म २९ करोड ६० लाखको कारोबार भएको छ ।

के छ सर्किट ब्रेकको नियम ?

 पहिलो घण्टामा नेप्से सूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेट कारोबार स्थगित हुनेछ  त्यस्तै दोस्रो घण्टा भित्रमा सूचक ५ प्रतिशतले घटे वा बढे ४० मिनेट कारोबार स्थगित हुनेछ  र तेस्रो घण्टा भित्र वा त्यसपछिको समयमा सूचक ६ प्रतिशतले घटे वा बढे बाँकि पुरै दिनको कारोबार स्थगित हुनेछ  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved