आइपीओ रोक्न माग गरिएको रिटमा आइपीओ बिक्री भईसकेपछि मात्र सुनुवाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2023 | 04:15:34 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन रिइन्स्योरेन्सको प्रिमियमको आईपीओ रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा कम्पनीको आईपीओ बिक्री भईसकेपछि मात्र सुनुवाई हुने भएको छ। सर्वोच्च अदालतले यस रिटको सुनुवाईको लागि पुस ४ गतेको मिति तोकेको छ ।

तर सो मिति अगावै कम्पनीको आईपीओ निष्काशन भईसक्ने छ । कम्पनीले मङ्सिर २७ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने गरि आह्वानपत्र प्रकाशन गरिसकेको छ। कम्पनीले सर्वसाधारणलाई प्रिमियम मूल्य (प्रति शेयर २०६ रुपैयाँ) मा २ करोड ४९ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । यस हिसाबमा कम्पनीको आईपीओ छिटोमा पुस १ गते बिक्री बन्द हुने छ । अदालतमा सुनुवाई भने आईपीओ बिक्री भईसकेपछि मात्र हुने भएको छ। 

मङ्सिर ८ गते  यम प्रसाद भट्टराई र अधिवक्ता भीमसेन रायमाझीले संयुक्त रुपमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । नियम विपरित हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति दिइएको दाबी गर्दै उक्त आईपीओ रोक्न रिट निवेदनमा माग गरिएको थियो।

मङ्सिर १० गते यो मुद्दाको पेशी तोकिए पनि हेर्न नभ्याईनेमा परेअको थियो । मङ्सिर ११  न्यायधीश डा. कुमार चुडालको एकल इजलाशले सबै विपक्षीलाई कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो। त्यस पछि मङ्सिर १८ गते पेशी तोकिएपनि फेरी हेर्न नभ्याइनेमा परेको थियो । अब अर्को पेशी पुस ४ गतेको लागि तोकिएको छ। जुन दिनसम्ममा कम्पनीको आईपीओ बिक्री भईसकेको हुने छ । 

उक्त रिटमा नेपाल धितोपत्र बोर्ड खुमलटार ललितपुर , नेपाल धितोपत्र बोर्डको संचालक समिति , नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल , हिमालयन रिईन्स्योरेन्स लि. , बीमा प्राधिकरण , बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र बीमा प्राधिकरणको संचालक समितिलाई विपक्षी बनाईएको छ। 

श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गरेको शेयर कम्पनीले बाँडफाँड गरिसकेको छ। जसमा लगानीकर्ताले अधिकतम १८० कित्तासम्म शेयर पाएका छन् । अब कम्पनीले सर्वसाधारणलाई २ करोड ४९ लाख कित्ता शेयर निष्काशन गर्ने छ  । 

 नेपाल धितोपत्र  बोर्डले कार्तिक १ गते कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीले भदौ २६ गते बोर्डमा आवेदन दिएकोमा ३५ दिन मै आईपीओ निष्काशनको अनुमति पाएको हो ।

हिमालयन रि–इन्स्योरेन्स निजि क्षेत्रको लगानीमा स्थापित पुनर्बीमा कम्पनी हो।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved