सिबिआईएल सेक्यूरिटिजको सेवा सुरु, शेयर धितो कर्जा पनि एकै भवनबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2023 | 06:49:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकको सहायक कम्पनी सि.बि.आई.एल. सेक्यूरिटिजले सेवा सुरु गरेको छ ।  सिटिजन्स बैंकको संचालक समितिका अध्यक्ष  प्रबल जंग पाण्डेले कम्पनीको उद्घाटन गरि कम्पनीको टि.एम.एस सेवा संचालनमा ल्याएका हुन् ।

धितोपत्र दलाल नं.९१ को रुपमा कम्पनीले सेवा सुरु गरेको हो  । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले संस्थाको पूर्ण सफलताको कामना गर्दै धितोपत्र बजारमा सि.बि.आई.एल. सेक्यूरिटिजले आफनो छुट्टै पहिचान बनाउने धारणा व्यक्त गरे। साथै सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले यस संस्था सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको पहिलो संस्था भएको र आगामी दिनहरुमा अरु विभिन्न किसिमका सेवा सुविधाहरु ग्राहकहरु माझ ल्याउने गरि थप संस्थाहरुको स्थापना गर्न सकिने धारणा व्यक्त गरे ।

बैंकको आफ्नै कुपन्डोल स्थित भवनबाट सि.बि.आई.एल. सेक्यूरिटिजले सेवा सुरु गरेको हो।  कम्पनीले आफना ग्राहकलाई ब्रोकर खाता खोल्ने सेवा लगायत डिम्याट खाता तथा केन्द्रीयकृत केवाईसी खोल्ने सेवा दिने छ । यसको साथै  सिटिजन्स बैंकको कुपण्डोल शाखा भवनमा रहेको हुंदा ग्राहकहरुले बैंक खाता खोल्न तथा शेयर धितो कर्जा समेत एकै भवनवाट सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।  कम्पनीले निकट भविष्यमा देशका विभिन्न प्रदेशहरुमा शाखा खोली ग्राहकहरुलाई उच्चस्तरको धितोपत्र दलाल सेवा प्रदान गर्ने उद्देश्य लिएको जनाएको छ ।

 सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको यो पहिलो संस्था हो । यस अघि बैंकले आफ्नो प्रमुख लगानीमा सिटिजन्स क्यापिटल लिमिटेड पनि स्थापना गरि संचालनमा ल्याएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved