शेयरको 'लक इन' अवधि खुल्ने जानकारी ३० दिन अगावै सार्वजनिक गर्न बोर्डको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2023 | 01:55:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले शेयरको 'लक इन' अवधि खुल्ने जानकारी ३० दिन अगावै सार्वजनिक गर्ने व्यवस्था मिलाउन सुचिकृत संस्था, नेप्से र सिडीएसलाई निर्देशन दिएको छ। धितोपत्र बोर्डले सम्पूर्ण सूचीकृत संगठित संस्थालाई  शेयरको लक इन अवधि समाप्त हुनुभन्दा कम्तीमा ३० दिन अगाडि लगानीकर्ता एवं सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराउन निर्देशन दिएको हो ।

 सर्वसाधारण लगानीकर्ताहरुलाई लक इन अवधिको जानकारी दिन, सो सम्बन्धमा जानकारी प्राप्त हुने व्यवस्था गर्न तथा धितोपत्र बजारमा हुने कारोवारलाई थप व्यवस्थित तथा पारदर्शी बनाउन आवश्यक देखिएकोले यो निर्देशन जारी गरिएको बोर्डले जनाएको छ।

बोर्डको निर्देशन अनुसार अब सम्पूर्ण सूचीकृत संगठित संस्थाले संस्थापक समूह तथा अन्य समूहको शेयरको विक्री गर्ने नपाईने गरी तोकिएको लक इन (Lock In) अवधि समाप्त हुनुभन्दा कम्तीमा ३० (तीस) दिन अगाडि लगानीकर्ता एवं सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराउन शेयर लक इनमा रहेको वर्ग (जस्तैः संस्थापक, स्थानीय प्रभावित आदि), लक इनमा रहेको कुल शेयर संख्या, लक इन अवधी समाप्त हुने मिति समेत स्पष्टरुपमा खुलाई सार्वजनिक जानकारीको लागि सार्वजनिक सूचना प्रकाशन गर्नुपर्ने, सो को जानकारी बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लि. र सिडिएस एण्ड क्लियरिङ्ग लि. लाई उपलब्ध गराउनुपर्ने साथै सो सम्बन्धी सूचना तथा जानकारी कम्तीमा जारी भएको मितिदेखि लक इन अवधी समाप्त भए पछिको एक हप्तासम्म सबैले सहजै देख्न सक्नेगरी सम्बन्धित संस्थाले आफ्नो वेवसाईटमा समेत राख्नु पर्ने छ ।

 त्यस्तै सम्बन्धित सूचीकृत संगठित संस्थाबाट लक इन (Lock In) अवधि समाप्त सम्बन्धी सूचना तथा जानकारी प्राप्त भएपश्चात् नेपाल स्टक एक्सचेञ्ज लि. र सिडिएस एण्ड क्लियरिङ्ग लि. ले सो सम्बन्धी सूचना तथा जानकारी कम्तीमा जारी भएको मितिदेखि लक इन अवधी समाप्त भए पछिको एक हप्तासम्म सबैले सहजै देख्न सक्नेगरी वेवसाईटमा राख्नु पर्ने व्यवस्था बोर्डले गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved