सकारात्मक सर्किट ब्रेकको भोलिपल्ट नेप्सेमा करेक्सन, ४८४ करोडको शेयर कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2023 | 03:15:23 PM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार शेयरबजार परिसूचक नेप्सेमा करेक्सन आएको छ । आज नेप्से सूचक १५.४० अंकले घटेर १९४८.५७ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका ३०३ कम्पनीका १ करोड ४६ लाख ९८ हजार ५ सय १७ कित्ता शेयर खरिद बिक्रीबाट ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३ सय ८६ रुपैयाँ ८४ पैसाको शेयर कारोबार भएको छ । जस मध्ये सोनापुर सिमेन्टको सर्वाधिक २५ करोड १५ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ५७ लाख, सिटिजन लाइफ इन्स्योरेन्सको १४ करोड ५६ लाख , माउन्टेन इनर्जीको १४ करोड ४० लाख तथा शिवम सिमेन्टको १३ करोड ७३ लाखको कारोबार भएको छ ।

आज बोटलर्स नेपाल बालाजु, सामुदायिक लघुवित्त, र दोल्ती पावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै हाथवे इन्भेष्टमेन्ट र इन्फिनिटी लघुवित्तको शेयर मूल्य ९.६० प्रतिशत बढेको छ । आज समता घरेलु लघुवित्तको शेयर मूल्य सर्वाधिक ७.१५ प्रतिशत,  तथा मन्दाकिनी हाइड्रोको शेयर मूल्य ५.८७ प्रतिशतले घटेको छ । 

आज कारोबारमा आएका समुहगत सूचक मध्ये उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, र निर्जीवन बीमा बाहेकका सबै सबै समुहगत सूचक घटेका छन् । जसमा विकास बैंक समुह सर्वाधिक २.०९ प्रतिशत घटेको छ । आज म्युचुअल फण्ड समुह सर्वाधिक २.१६ प्रतिशत बढेको छ ।

यस अघि हिजो आइतबार नेप्सेमा सकारात्मक सर्किट लागेपछि कुल ९ मिनेट मात्र शेयर कारोबार सम्भव भएको थियो । आइतबार नेप्से सूचक ६ प्रतिशतले बढेपछि तेस्रो पटक सर्किट ब्रेक लगाएर कारोबार बन्द गरिएको थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved