आइपीओमा १० कित्ते नीति हटाउने तयारीमा धितोपत्र बोर्ड, अध्ययन गर्न समिति गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2023 | 03:39:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले आईपीओमा १० कित्ते नीति हटाउने तयारी गरेको छ । धितोपत्र बोर्डले १० कित्ते नीति पुनरावलोकनको लागि बोर्डका संचालक समिति  प्रविण कुमार झा काे संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ । झा आईक्यानका उपाध्यक्ष हुन्।

त्ययस अध्ययन समितिको सदस्यहरुमा विज्ञ सदस्यको रुपमा बोर्डमा  संचालक रहेका भोलानाथ ढुंगाना, बोर्डका कार्यकारी निर्देशक  मुक्तिनाथ श्रेष्ठ र सहायक कार्यकारी निर्देशक अम्बिका प्रसाद गिरी रहेका छन्।

यस अध्ययन समितिले १० कित्ते नीतिको प्रभावकारिताको अध्ययन गर्ने, यसको राम्रा र नारामा पक्षको अध्ययन गर्ने, यसको व्यवहारिकता र आवश्यकताको अध्ययन गरि पुनरावलोकनको लागि सिफारिस गर्ने छ

पछिल्लो समय आईपीओमा १० कित्ते नीति परिमार्जन गर्नु पर्ने आवाज उठ्दै गएको छ । बोर्ड अध्यक्ष रमेश हमालले पनि विभिन्न सार्वजनिक कार्यक्रममा १० कित्ता नीति फेर्नु पर्ने र फेरिने बताउदै आएका छन् । आफ्नो कार्यकाल सकिन लाग्दा उनले यसबारे अध्ययन गर्न समिति बनाएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved