सर्वसाधारणलाई सर्वोत्तम सिमेन्टको आईपीओ मूल्य ३६०.९० रुपैयाँ , ७२ हजार जनाले मात्र शेयर पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2023 | 04:38:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोत्तम सिमेन्टले सर्वसाधारणलाई प्रति कित्ता ३६० रुपैयाँ ९० पैसामा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीयलाई आईपीओ निष्काशनको अनुमति माग गर्दै मङ्सिर १८ गते बोर्डमा आवेदन दिएको हो ।

आवेदन दिएपछि कम्पनीले बुझाएको कागजातमा बोर्ड सन्तुष्ट भएमा ७ दिन भित्र आईपीओ निष्काशनको लागि अनुमति प्रदान गर्नु पर्ने व्यवस्था छ । तर केहि कागजात अपुग देखिएकोले ति कागजात जम्मा गर्न निर्देशन दिएको र ति कागजात आएपछि आईपीओ निष्काशनको लागि अनुमति दिने बोर्डले जनाएको छ ।

बोर्डबाट अनुमति पाएपछि कम्पनीले प्रति कित्ता ३६० रुपैयाँ ९० पैसाको दरले ३६ लाख कित्ता शेयर निष्काशन गर्ने छ । कम्पनीले बुक विल्डिंग विधिबाट शेयर निष्काशन गर्न लागेको हो । बुक विल्डिंगको नियम अनुसार आवेदन दिंदा न्युनतम ५० कित्ताको दरले आवेदन दिनु अप्रने छ । त्यस्तै शेयर बाँडफाँड गर्दा पनि आवेदकले न्युनतम ५० कित्ता शेयर पाउने गरि बाँडफाँड गर्नु पर्ने व्यवस्था छ । यस हिसाबमा ७२ हजार जना आवेदकले मात्र कम्पनीको शेयर पाउने छन् ।

कम्पनीले यस अघि योग्य संस्थागत लगानीकर्तालाई अर्थात् क्युआईआईलाई शेयर निष्काशन गरिसकेको छ । कम्पनीले मङ्सिर ६ देखि मङ्सिर १० गतेसम्म बुक बिल्डिङ विधिमार्फत्  पहिलो चरणमामा  योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्काशन गरेको हो। यस निष्काशनमा ४१ वटा योग्य संस्थागत लगानीकर्ताले आवेदन दिएका थिए । कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा ४०१ रुपैयाँ कट अफ मूल्य कायम भएको थियो।

सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने व्यवस्था अनुसार कम्पनीले   सर्वसाधारणलिई ३६० रुपैयाँ ९० पैसामा शेयर निष्काशन गर्ने भएको हो । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ। 

सर्वोत्तमले बुक बिल्डिङ विधिमार्फत् आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा २०७९ असार २८ गते निवेदन दिएको थियो । १५ महिनापछि कम्पनीले अनुमति पाएको हो । सर्वोत्तम बुक बिल्डिङ विधिमार्फत् आइपीओ निष्कासन गर्ने पहिलो कम्पनी बनेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved