आईपीओ अगावै ३० लाख कित्ता शेयर बेच्दै सर्वोत्तम स्टील्स, जो सुकैले किन्न पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2023 | 09:15:05 AM मा प्रकाशित

laxmi  sunrise bank

आईपीओ निष्काशनको तयारीमा रहेको सर्वोत्तम स्टील्सले आफ्नो जगेडा शेयर बिक्री गर्नको लाफ्गी १५ दिने सूचना प्रकाशन गरेको छ । कम्पनीले चुक्ता हुन बाँकि रहेको ३० लाख कित्ता जगेडा शेयर बिक्री गर्नको लागि सूचना प्रकाशन गरेको हो ।

कम्पनीका अनुसार उक्त शेयर बिक्रीका लागि असोज ३० गते ३५ दिने सार्वजनिक सूचना जारी गरिएकोमा सो अवधिमा कुनै पनि संस्थापक शेयरधनीले शेयर खरिदको लागि आवेदन दिएका थिएनन् । अब जो सुकै बाह्य लगानीकर्ताले सो शेयर खरिदको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने र प्रति कित्ता शेयर मूल्य १०० रुपैयाँ भन्दा कम नहुने गरि आवेदन दिनु पर्ने जनाएको छ । सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । कम्पनी शेयर खरिदको लागि आवश्यक पर्ने रकम नबिल बैंकमा रहेको आफ्नो कम्पनीको खातामा जम्मा गर्न र सबै कागजात कम्पनीको तिनुकुने स्थित कार्यालय (न्यौपाने टावर) मा आईपुग्ने गरि पठाउन आग्रह गरेको छ । 

यस कम्पनीले  जारी पूँजी मध्ये १२.६६३ प्रतिशत शेयर आईपीओ निष्काशन गर्न तयारी गरेको छ । कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक चयन गरिसकेको छ । 

 सौरभ ग्रुपद्वारा संचालित यस कम्पनीले विभिन्न प्रकारका डण्डी तथा बिलेटहरुको उत्पादन गरी बिक्री वितरण गर्दे आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved