२ वटा वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2023 | 08:39:19 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मङ्सिर २८ गते बिहिबार २ वटा वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज नबिल बैंक र नेपाल एसबिआइ बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

यी दुई बैंकले साधारणसभा प्रायोजनको लागि मङ्सिर २९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मङ्सिर २८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

नबिल बैंकले  पुस १२ गते आर्मी अफिसर्स क्लबमा  सभा आह्वान गर्ने निर्णय गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आ.व. २०७९/८० को संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।  

नेपाल एसबिआई बैंकले पुस १३ गते आर्मी अफिसर्स क्लबमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्।   कम्पनीले  हाल कायम चुक्ता पूँजीको ३.७५ प्रतिशत बोनस शेयर र  कर प्रयोजनको लागि समेत गरि ६.८० प्रतिशत नगद लाभांश गरि कुल १०.५५ प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव गरेको छ । हाल बैंकको चुक्ता पुंजी १० अर्ब १२ करोड रहेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीमा उक्त लाभांश वितरण हुने छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved