१०५ प्रतिशत लाभांश वितरण गर्दै ब्रोकर नम्बर ३६, रणनीतिक साझेदार ल्याउने प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2023 | 08:55:38 AM मा प्रकाशित

laxmi  sunrise bank

ब्रोकर नम्बर ३६ अर्थात् सेक्युर्ड सेक्युरिटिजले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट १०५ प्रतिशत बढी लाभांश वितरण गर्ने भएको छ । कम्पनीले पुस २० गतेको लागि आह्वान गरेको साधारणसभामा १०० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ५.२६३२ प्रतिशत नगद गरि कुल १०५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने उल्लेख गरेको छ ।

त्यस्तै कम्पनीको अधिकृत पुंजी ३० करोड पुर्याउन स्वीकृति प्रदान गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, सो का लगानी संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने छन् । त्यस्तै अन्य ब्रोकर कम्पनीसँग मर्जर तथा प्राप्तिको सम्झौता गर्ने, तथा रणनीतिक साझेदार भित्र्याउनको लागि आवश्यक निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छन् ।

त्यस्तै साधारण प्रस्ताव अन्तर्गत संचालक समितिको प्रतिवेदन, अन्य वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, संचालक चयन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

यस कम्पनीका कार्यकारी अध्यक्ष सन्तोष मैनाली हुन् । उनी ब्रोकर संघका पूर्व अध्यक्ष पनि हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved