नेप्से १२८ अंकले बढ्दा लगानीकर्ताले एकै कम्पनीबाट ५५ प्रतिशतसम्म कमाए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2023 | 06:24:34 PM मा प्रकाशित

laxmi  sunrise bank

यस साता शेयर बजार परिसूचक नेप्से १२८.५३ अंक अर्थात् ६.८९ प्रतिशतले बढेको छ । यस साताको सुरुमा नेप्से सूचक १८६६.०७ को बिन्दुमा रहेकोमा साताको अन्त्यमा सूचक १९९४.६० को बिन्दुमा पुगेको छ । यस साता १६ अर्ब ४४ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

उच्च कारोबार

यस साता सोनापुर सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ७४ करोड ५७ लाखको कारोबार भएको छ । त्यस्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ५५ करोड ४७ लाख, शिवम सिमेन्टको ५४ करोड ९९ लाख, सिटिजन्स लाइफ इस्योरेन्सको ४२ करोड ४ लाख तथा माउन्टेन इनर्जीको ४१ करोड ३५ लाखको कारोबार भएको छ ।

सर्वाधिक कमाउने कम्पनी

यस साता दोल्ती पावरको शेयर मूल्य सर्वाधिक ५५.९ प्रतिशत बढेको छ । त्यस्तै बोटलर्स नेपालको ४६.४ प्रतिशत, मोलुंग हाइड्रोको ३७.७ प्रतिशत, हाथवे इन्भेष्टमेन्टको ३४.५१ प्रतिशत, तथा नेपाल रिपब्लिक मिडियाको शेयर मूल्य ३१ प्रतिशत बढेको छ ।

सर्वाधिक गुमाउने कम्पनी

यस साता छिमेक लघुवित्तको शेयर मूल्य सर्वाधिक २.५८ प्रतिशत घटेको छ । त्यस्तै एनआईसी एसिया ब्यालेन्स फण्डको मूल्य १.८ प्रतिशत, स्वाबलम्बन लघुवित्तको १.५४ प्रतिशत तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयरको मूल्य १.०२ प्रतिशत घटेको छ ।

सर्वाधिक वृद्धि हुने समुहगत सूचक

यस साता समुहगत सूचक तर्फ हाइड्रोपावर समुह सर्वाधिक १३.१७ प्रतिशत बढेको छ। त्यस्तै फाइनान्स समुह ९.३८ प्रतिशत, उत्पादन तथा प्रशोधन समुह ९.२२ प्रतिशत, विकास बैंक समुह ८.८४ प्रतिशत, निर्जीवन बीमा समुह ८.३५ प्रतिशत तथा होटेल समुह ८.१६ प्रतिशत र लघुवित्त समुह ८.१५ प्रतिशत बढेको छ । यस साता सबै समुहगत सूचक बढेका छन् ।सुचिकृत शेयर 

यस साता नेप्सेमा सिनर्जी पार डेभलपमेन्टको ५० प्रतिशत हकप्रद शेयर, अरुण काबेली पावरको १०० प्रतिशत हकप्रद शेयर, मुक्तिनाथ कृषि कम्पनीको आईपीओ, कुमारी बैंकको ऋणपत्र, र हिमालयन क्यापिटलको ८०-२० म्युचुअल फण्ड सुचिकृत भएको छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved