हिमालयन रिइन्स्योरेन्सको आईपीओ सबैलाई पर्ने, अन्तिम दिन १ लाख जनाले भरे शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2023 | 05:16:00 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आईपीओमा अन्तिम दिनमा १ लाख बढी आवेदकले आवेदन दिएका छन्। आवेदन दिने अन्तिम दिन आज सोमबार बिहानसम्ममा १५ लाख ३९ हजारले आवेदन दिएकोमा आज साँझ ५ बजेसम्ममा आवेदकको संख्या १६ लाख् ६० हजार पुगेको छ ।

कम्पनी आईपीओमा कुल १६ लाख ६० हजार २२ जना आवेदकबाट ३ करोड २२ लाख १५ हजार ७० कित्ताको लागि आवेदन परेको छ। यो माग गरिए भन्दा १.२९ गुणा बढी हो। यस संगै कम्पनीको आईपीओ सबै आवेदकले न्युनतम १० कित्ता पाउने भने निश्चित भएको छ  । 

   कम्पनीले मंसिर २७ गतेबाट सेयर बिक्री खुला गरेको थियो । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो। कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम जोडेर प्रति कित्ता २०६ रुपैयाँका दरले सेयर बिक्रि खुला गरेको हो। 

हिमालयन रि नेपालको निजी क्षेत्रको पहिलो पुनर्बीमा कम्पनी हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved