नेपाल वेयरहाउजिङ कम्पनीको शेयर सुचिकृत, कतिमा हुन्छ सुरुवाती कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2023 | 12:28:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल वेयरहाउजिङ कम्पनीको शेयर सुचिकृत भएको छ। आज कम्पनीको ६८ लाख ७५ हजार कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै बिहिबार देखि कम्पनीको शेयर कारोबार गर्न सकिने छ । बिहिबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि ९३ रुपैयाँ ०४ पैसा देखि २७९ रुपैयाँ १२ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । कम्पनीको NWCL सिम्बलबाट कारोबार हुने छ ।

यस रेन्जको बीचमा रहेको जुनुसुकै मूल्यबाट कम्पनीको कारोबार सुरु हुन सक्ने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको ३ गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ ।  

कम्पनीले मङ्सिर १० देखि मङ्सिर १३ सम्म सर्वसाधारणलाई  ११ लाख ४१ हजार २ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो । नेपाल धितोपत्र बोर्डले असोज १० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले हालसम्म सुनसरी र पर्सा जिल्लामा ४०,००० मेट्रिक टन क्षेमताको साइलो सहितको वेयरहाउस निर्माण सम्पन्न गरि संचालनमा ल्याएको छ भने कपिलवस्तु जिल्लामा १५,००० मेट्रिक टन क्षेमताको साइलो जडान भईरहेकोछ, र सो समेत पौष महिना सम्ममा संचालनमा ल्याउने तयारी गरेको छ । 

यो कम्पनी संस्थापन गर्नका उद्देश्यहरु मध्येको प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ।   

यस कम्पनीमा निम्बस समूह, शिखर ईन्स्योरेन्स, प्रोबियोटक ईन्डस्ट्रिज, श्रीनगर एग्रो फार्म, एनएमबि बैंक, टिम भेन्रचर्स, टिएनआई, निफ्रा, मुक्तिनाथ कृषि, हिमालयन क्यापिटल, आइएमई जनरल इन्स्योरेन्स, हाथवे इन्भेष्टमेन्ट, अल्फा क्यापिटल, आध्यानता फन्ड म्यानेजमेन्टको समेत लगानी छ । यस कम्पनीको हालको चुक्ता पुजी रु ५५ करोड रहेकोमा साधारण निष्काशन पश्चात रु ६८.७५ करोड पुगेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved