शेयर बजारमा दोहोरो अंकको वृद्धि: ७ अर्बको कारोबार हुँदा उत्पादन र लगानी समुहमा आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2023 | 03:21:06 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार पनि शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज शेयरबजार परिसूचक नेप्से ३५.३९ अंकले बढेर २१४१.८७ को बिन्दुमा पुगेर रोकिएको छ 

आज कारोबारमा आएका ३०६ कम्पनीका १ करोड ९९ लाख ६३ हजार ६ सय ४ कित्ता शेयर खरिद बिक्रीबाट ७ अर्ब ९५ लाख ७५ हजार १ सय ७६ रुपैयाँको कारोबार भएको छ । जस मध्ये शिवम सिमेन्टको सर्वाधिक ३७ करोड ३४ लाखको कारोबार भएको छ । 

त्यस्तै सोल्टीको होटेलको २४ करोड ५३ लाख, सोनापुर सिमेन्टको २० करोड १५ लाख, हिमाल दोलखा हाइड्रोको १८ करोड १३ लाख, तथा निफ्रा बैंकको १७ करोड ५४ लाखको कारोबार भएको छ 

आज बोटलर्स नेपाल बालाजु, हिमालयन डिस्टिलरी, फरवार्ड माइक्रोफाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, लिबर्टी इनाजी, हाथवे इन्भेष्टमेन्ट, बलेफी हाइड्रो, नेपाल रिपब्लिक मिडियाको लगायत ११ कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेको छ ।  

त्यस्तै आज कुमारी धनवृद्धि योजनाको इकाई मूल्य सर्वाधिक ३.८२ प्रतिशत, नेरुड़े लघुवित्तको शेयर मूल्य ३,६५ प्रतिशत, मत्थिलो मैलुङ खोलाको शेयर मूल्य ३.६४ प्रतिशत तथा शाइन रेसुंगाको शेयर मूल्य ३.४५ प्रतिशत घटेको छ 

आज कारोबारमा आएका मध्ये १६१ कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ कम्पनीको शेयर मूल्य घटेको छ 

आज कारोबारमा आएका मध्ये होटेल समुह र निर्जीवन बीमा समुह बाहेक सबै समुहगत सूचक बढेका छन् । आज उत्पादन तथा प्रशोधन समुह सर्वाधिक ७.१५ प्रतिशत, लगानी समुह ६.९२ प्रतिशत तथा ट्रेडिङ समुह ६.२० प्रतिशत बढेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved