धौलागिरी लघुवित्तले घोषणा गरेको लाभांश रद्द, अब नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2024 | 10:04:12 AM मा प्रकाशित

laxmi  sunrise bank

धौलागिरी लघुवित्तले यस अघि प्रस्ताव गरेको लाभांश रद्द गरेको छ । कम्पनीको पुस २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीको गत कार्तिक २२ गते बसेको संचालक समितिको बैठकले  आ.व. २०७९/८० को संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव गरेको थियो ।  

तर कम्पनीको  पुस २५ गते बसेको संचालक समितिको बैठकले यस अघि घोषणा भएको लाभांश रद्द गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved