पोखरा फाइनान्सको साधारणसभा सम्पन्न, नयाँ संचालक समिति चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2024 | 06:31:22 PM मा प्रकाशित

laxmi  sunrise bank

 पोखरा फाइनान्स लिमिटेडले आफ्नो २७ औं वार्षिक साधारण सभा आज सम्पन्न गरेको छ । पोखरा ९ स्थित दरबारथोक बैक्वेट, बाँस्तोलाथरमा सञ्चालक समितिका अध्यक्ष, सञ्चालक, शेयधनी तथा कर्मचारीहरुको उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो । 

उक्त साधारण सभा वित्तीय संस्थाको अध्यक्ष राजकुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले गरेका थिए।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आ.व. २०७९÷८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह लगायतका विवरणहरु सहित अन्य प्रस्तावहरु छलफल गरी स्वीकृत भएका छन् ।

आजै सम्पन्न साधारण सभामा सर्वसाधारण शेयरधनीको तर्फबाट निर्विरोध रुपमा नियुक्त भएका नव नियुक्त सञ्चालकहरु क्रमशः कृष्ण बहादुर गुरुङ, अच्युत पौडेल र गंगा घलेलाई संस्थाका अध्यक्ष  राज कुमार गुरुङले सञ्चालक पदको पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

सोही क्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले आगामी दिनहरुमा वित्तीय संस्थाले आधुनिक प्रविधियुक्त बैकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त, दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको जानकारी दिएका थिए । यसैगरी वित्तीय संस्थाका अध्यक्ष राज कुमार गुरुङले वित्तीय संस्थाको उत्तरोत्तर विकास, प्रगति र सफलताको यात्रामा निरन्तर राय सुझाव दिनुहुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै सभा समापन गरेका थिए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved