घलेम्दी हाईड्रोको साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2024 | 06:38:45 PM मा प्रकाशित

laxmi  sunrise bank

 घलेम्दी हाईड्रो लिमिटेडको दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  घलेम्दी हाईड्रो लिमिटेडका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा  पुष २९ अर्थात आईतबार सासा बैंक्वेट नयाँबजार, काठमाडौंमा साधारणसभा सम्पन्न भएको हो ।  

सभाले आर्थिक वर्ष २०७९/८० को संचालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । त्यसै गरी सभाले लेखा परिक्षण प्रतिवेदन सहितका आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह  विवरण लगायत वित्तिय विवरणहरुमाथि छलफल गरी पारित गर्नुको साथै आर्थिक वर्ष २०८०/८१ को लागि लेखा परीक्षकको नियुक्ति  गर्नुको साथै निजको पारिश्रमिक निर्धारण गरिएको छ ।

कम्पनीले १ :२ को अनुपातमा हकप्रद सेयर निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ । हकप्रद सेयरबाट जम्मा भएको रकम ६३ मेगावाटको छुजुङखोला जलविद्युत आयोजनामा लगानी गर्नेछ । आउने आर्थिक वर्षमा लगानीकताईलाई लाभांश दिने गरी व्यवस्थापन र कर्मचारीले काम गरिरहेको कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved