मानुषी लघुवित्त र श्रीजनशील लघुवित्तको मर्जर प्रस्ताव पारित, स्वाप कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2024 | 08:07:16 PM मा प्रकाशित

laxmi  sunrise bank

मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त एक आपसमा गाभिने भएका छन् । मानुषी लघुवित्तले शनिबार बनेपाको पुतली घर रिसोर्टमा सम्पन्न विशेष साधारण सभामा गाभिने प्रस्ताव पारित गरेको हो ।

सभाले ७३:१०० को अनुपातमा शेयर आदान प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । डिडिए रिपोर्टको आधारमा तय भएको शेयर आदान प्रदान अनुपात ७३: १०० अर्थात मानुषी लघुवित्त वित्तीय संस्था लि. र श्रृजनशील लघुवित्त वित्तीय संस्था लि. क्रमश ७३ र १०० पारित भएको कम्पनीले जनाएको छ ।

सभाले सञ्चालक समितिकोे निर्विरोध चयन पनि गरेको छ । गाभिने सम्बन्धमा दुई संस्था बीच गत आर्थिक वर्ष नै प्रारम्भिक सम्झौता भएको थियो । सभाले गाभिने सम्बन्धमा बाँकि रहेका सम्पूर्ण कार्य पूरा गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । श्रीजनशील लघुवित्तले पनि शनिबार नै विशेष साधारण सभा सम्पन्न गर्दै गाभिने लगायतका प्रस्ताव पारित गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved