नेपाल बैंकको साधारणसभा सम्पन्न, अडिटका लागि ३ जना सिए नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2024 | 08:55:54 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकको ६४ औ साधारणसभा आइतबार सम्पन्न भएको छ ।   सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीज्यूको अध्यक्षतामा बैंकको ६४ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । 

सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७९/८० को नाफा÷नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गर्दै सम्पन्न भएको छ । 

त्यसैगरी, सभाले महालेखापरीक्षकको कार्यालयबाट मिति २०८० पौष २९ गते प्राप्त परामर्श बमोजिम आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण गर्न तीन जना चाटर्ड एकाउन्टेन्टहरू प्रदिप कुमार श्रेष्ठ, मधुविर पाण्डे र  सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव सर्वसम्मतरूपमा पारित गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved