अपर तामाकोशीको शेयर लिलामीको फारम बेचेरै बिक्री प्रबन्धकलाई ३० लाख आम्दानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2024 | 02:55:49 PM मा प्रकाशित

laxmi  sunrise bank

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर लिलामको फारम बिक्रि गरेरै बिक्री प्रबन्धकले ३० लाख बढी आम्दानी गरेका छन् । कम्पनीले  पुस १३ गतेदेखि पुस २९ गतेसम्म हकप्रदमा अवितरित शेयर लिलाम गरेको थियो । 

त्यस क्रममा कुल ३० हजार १ सय ५५ वटा आवेदन परेको सहायक बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ । एउटा आवेदन फारम खरिद गर्दा १०० रुपैंया तिर्नु पर्ने भएकोले ३० हजार १ सय ५५ वटा आवेदन फारम बिक्री गर्दा ३० लाख १५ हजार ५ सय रुपैयाँ बिक्री प्रबन्धकलाई आम्दानी भएको छ। कतिपयले आवेदन खरिद गरेरपनि आवेदन नदिएको हुन सक्ने, र करिपयको फारम भर्दा बिग्रिएर अर्को फारम लिएको हुन सक्ने भएकोले यो रकम अझै ठूलो हुन सक्ने बताईएको छ ।  शेयर लिलाम प्रक्रियाको लागि नागरिक लगानी कोष बिक्री प्रबन्धक र लक्ष्मी सनराइज क्यापिटल सहायक बिक्री प्रबन्धक थिए । 

शेयरको प्राथमिक बजार र दोस्रो बजार पूर्ण रुपमा अनलाइन भईसकेता पनि शेयर लिलाम प्रक्रिया भने अझै कागजी ढड्डा प्रणालीमै छ । लिलामीको शेयरमा आवेदन दिन सम्बन्धित केन्द्रमा गएर , १०० रुपैयाँमा आवेदन फारम खरिद गरेर, पैसा जम्मा गरेको भौचर समावेश गरेर, आवेदन दिनु पर्ने व्यवस्था छ । लिलामीको शेयरमा आवेदन दिने प्रक्रिया अनलाइन नहुँदा लगानीकर्ताले झन्झट बेहोर्दै आएका छन् । 

अपर तामाकोशी कम्पनीले  पुस १३ गतेदेखि पुस २९ गतेसम्म हकप्रदमा अवितरित शेयर लिलाम गरेको थियो । कम्पनीले हकप्रदमा अवितरित सर्बसाधारण समुहको १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता लिलाममा ल्याएको थियो । 

कम्पनीले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म १:१ को अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा सर्वसाधारणलाई ५ करोड १८ लाख ९१ हजार निष्काशन भएकोमा योग्य रहेका आवेदकलाई ३ करोड ४८ लाख ७१ हजार ४ सय ७० कित्ता शेयर बाँडफाँड गरिएको थियो । सर्वसाधारण समुह तर्फ बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता शेयर कम्पनीले लिलाम गरेको हो ।  

सह बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालय कमलपोखरीमा आज शुक्रबार बिहान ९:३० बजेदेखि शिलबन्दी बोलपत्र खोलिने क्रम जारी छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved