धितोपत्र बोर्डको दैनिक कार्य सञ्चालनको जिम्मेवारी डा. अधिकारीलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2024 | 04:24:22 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको दैनिक कार्य सञ्चालनको जिम्मेवारी बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई दिएको छ। अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै बोर्डका डा. अधिकारीलाई दैनिक कार्य सञ्चालनको जिम्मेवारी दिएको हो 

धितोपत्र बोर्डमा अध्यक्ष पछि कार्यकारी निर्देशक सबैभन्दा बरिष्ठ पद हो । हाल बोर्डमा ४ जना कार्यकारी निर्देशक रहेकोमा डा. अधिकारी पहिलो बरियताका कार्यकारी निर्देशक हुन् 

डा. अधिकारीले बोर्डको दैनिक प्रशासनिक कामको नेतृत्व गर्न पाउने छन् भने सञ्चालक समितिको बैठक बोलाउन पनि सक्ने छन्। उनले नीतिगत निर्णय भने गर्न पाउने छैनन् ।

बोर्डका अध्यक्ष रहेका रमेश हमालको कार्यकाल सकिए पछि पुस २१ गतेदेखि बोर्ड नेतृत्व बिहिन थियो । सरकार नयाँ अध्यक्ष नियुक्त गर्नको लागि सिफारिस समिति गठन गरिसकेको छ । गत बुधबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो। समितिमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved