नेपाल लाइफ इन्स्योरेन्सले लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2024 | 11:03:06 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्सले आ.व. २०७८/७९ को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको माघ ७ गते सम्पन्न संचालक समितिको बैठकले आ.व. २०७८/७९  मा लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पठाउने निर्णय गरेको हो । 

बैठकले २०८९ /३/३१ को वासलात, २०७८ साउन १ गतेदेखि २०७९ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि बीमा प्राधिकरणमा पेस गर्ने निर्णय गरेको हो ।

बीमा प्राधिकरणले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved