२१ सयबाट पनि तल झर्यो शेयरबजार: हिमालयन रिको कारोबार उच्च, अपर स्यांगेमा पोजेटिभ सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2024 | 03:18:20 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सोमबार पनि शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक ३१.४९ अंकले घटेर २०९८.६९ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका १ करोड ८० लाख ४३ हजार २ सय ४४ कित्ता शेयर खरिद बिक्रीबाट ६ अर्ब ३६ करोड ६० लाख ७० हजार ३ रुपैयाँ ३५ पैसाको कारोबार भएको छ । जस मध्ये हिमालायन रिइन्स्योरेन्सको सर्वाधिक ७८ करोड ६३ लाखको कारोबार भएको छ। त्यस्तै ङदी ग्रुप पावरको ३१ करोड १ लाख, अपि पावरको २४ करोड २७ लाख, तथा सन् नेपाल लाइफ इन्स्योरेन्सको २१ करोड १६ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये अपर स्यांगे हाइड्रोको शेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशत बढेको छ भने मिड सोलु हाइड्रोको शेयर मूल्य ९.४६ प्रतिशतले बढेको छ । त्यस्तै आशा लघुवित्तको शेयर मूल्य ६.६९ प्रतिशत बढेको छ ।

आज दोर्दीखोला हाइड्रोको शेयर मूल्य सर्वाधिक ८.३३ प्रतिशत, हिमालयन लघुवित्तको शेयर मूल्य ७.२७ प्रतिशत, लिबर्टी इनर्जीको शेयर मूल्य ६.७८ प्रतिशत तथा रिडी पावरको शेयर मूल्य ६.७३ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये ट्रेडिङ बाहेकका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये हाइड्रोपावर समुह सर्वाधिक २.२४ प्रतिशत घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved