होटेल समुहमा झुम्मिए लगानीकर्ता, लकिङ पिरियड खुलेको चन्द्रागिरीमा पोजेटिभ सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2024 | 03:19:08 PM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार शेयरबजार परिसूचक ०.४० अंकले घटेको छ । आज सूचक ०.४० अंकले घटेर २०९८.२९ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका ३१० कम्पनीका १ करोड १८ लाख १ हजार ३ सय ६० कित्ता शेयर खरिद बिक्रीबाट ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७ सय ५१ रुपैयाँ ६६ पैसाको कारोबार भएको छ । जस मध्ये हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ५५ करोड ९ लाखको कारोबार भएको छ भने अपि पावरको १८ करोड १० लाखको कारोबार भएको छ । त्यस्तै एनआरएन इन्फ्रास्ट्रकचरको १३ करोड ५५ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये चन्द्रगिरी हिल्सको शेयर मूल्य सर्वाधिक १० प्रतिश्गत बढेको छ । सामन्यतया लकिंग पिरियड सकिएपछिको कारोबारमा कम्पनीको शेयर मूल्य घट्ने ट्रेण्ड रहेको भएपनि चन्द्रागिरीको हकमा भने मूल्य बढेको छ ।

त्यस्तै आज नेपाल ल्युब ओइलको शेयर मूल्य ९.९९ प्रतिशत, एनएमबि माइक्रोफाइनान्सको शेयर मूल्य ९.९२ प्रतिशत, तथा तेह्रथुम पावरको शेयर मूल्य ९.८८ प्रतिशत बढेको छ । आज मिड सोलु हाइड्रोको शेयर मूल्य सर्वाधिक ६.२० प्रतिशत घटेको छ भने गुराँस लघुवित्तको शेयर मूल्य ५.९० प्रतिशत घटेको छ । त्यस्तै अपर स्यांगे हाइड्रोको शेयर मूल्य ४.८४ प्रतिशत तथा आशा लघुवित्तको शेयर मूल्य ४.६७ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये विकास बैंक समुह, फाइनान्स समुह, होटेल समुह, इन्भेष्टमेन्ट समुह, निर्जीवन बीमा समुह, र अन्य समुहको समुहगत सूचक बढेको छ । जस मध्ये होटेल समुह सर्वाधिक ४.७४ प्रतिशत बढेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved