निफ्राको संस्थापक शेयरको लकइन अवधि फागुनमा सकिँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2024 | 08:32:53 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको  संस्थापक शेयरधनीहरुको लक इनमा राखिएको शेयरहरुको लक इन अवधि २०८० फागुन २३ गते समाप्त हुने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै संस्थापक शेयरधनीहरुको लक इनमा रहेको १२ करोड ९६ लाख कित्ता शेयरको अवधि फागुन २३ मा सकिने जनाएको हो ।

बैंकले जारी गरेको सूचनामा भनिएको छ 'यस बैंकको संस्थापक शेयरधनीहरुको लक इनमा राखिएको शेयरहरुको लक इन अवधि समाप्त हुने मिति २०८०/११/२३ गतेसम्म रहेकोले नेपाल धितोपत्र बोर्डको पत्र संख्या ८०/८१, चलानी नं. १५२३ मिति २०८०/०८/२५ गतेको पत्रबाट निर्देशन भए बमोजिम सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'

लक इन अवधि समाप्त हुने भएपनि निफ्रालाई नेपाल राष्ट्र बैंकले नियमन गर्ने भएकोले सहज रुपमा यी शेयरहरु दोस्रो बजारमा कारोबार हुन भने पाउने छैन । निफ्रामा पनि संस्थापक शेयर बिक्रीको लागि अन्य बैंकको जस्तै रह्स्त्र बैंकको नियम लागु हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved