नेप्सेले थप २ ब्रोकर कम्पनीलाई दियो सदस्यता नम्बर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2024 | 02:45:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले थप २ नयाँ ब्रोकरलाई ब्रोकर सदस्यता प्रमाणपत्र दिएको छ । नेप्सेले  ब्रोकर सदस्यता दिए संगै अब सिडीएसबाट राफसाफ सदस्यता लिएपछि यी कम्पनीले कारोबार सुरु गर्न सक्ने छन्। 

नेप्सेले माघ ३ गते हिमालयन सेक्युरिटिज र आरविवि सेक्युरिटिजलाई सदस्यता प्रदान गरेको हो । यी कम्पनीको सदस्यता नम्बर क्रमश ९६ र ९७ रहेको छ । 

यस अघि नेप्सेले पुस ५ गते म्याग्नेट सेक्युरिटिज (ब्रोकर नम्बर ९५ ) र मङ्सिर ५ गते केबिएल सेक्युरिटिज (ब्रोकर नम्बर ९४) लाई ब्रोकर सदस्यता दिएको छ । 

नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायीको अनुमतिपत्र प्राप्त गरी नेप्सेबाट सदस्यता प्राप्त गर्ने नयाँ धितोपत्र कारोबार सदस्यहरुको संख्या हालसम्म ३७ पुगेको छ । यसमध्ये १ धितोपत्र व्यापारी, पूर्ण कार्य गर्ने धितोपत्र दलाल र अन्य सिमित कार्य गर्ने धितोपत्र दलाल रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved