बुधबार १६ वटा बीमा कम्पनीको शेयर मूल्य घट्दा ७ वटाको बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2024 | 04:13:16 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार शेयर बजार परिसूचक नेप्से संगै बीमा तथा निर्जीवन बीमा समुहको सूचक पनि घटेको छ ।  आज लाईफ जीवन बीमा समुहको सूचक ३८.०५ अंक र निर्जीवन बीमा समुहको ३२.२८ अंकले घटेको छ । 

सुचिकृत २४ वटा जीवन र निर्जीवन बीमा कम्पनीहरुमध्ये १४ वटाको भाउ घटेको छ । त्यसैगरी ७ वटाको भाउ बढ्दा ३ वटा कम्पनीको भाउ यथावत रहेको छ । जीवनतर्फ ५ वटाको मूल्य बढ्दा ६ वटाको मूल्य घटेको छ । यस समुह तर्फ एउटा कम्पनीको शेयर भाउ स्थिर छ। यता निर्जीवन बीमा तर्फ २ वटाको भाउ बढ्दा ८ वटा कम्पनीको भाउ घटेको छ भने २ वटाको शेयर भाउ यथावत रहेको छ ।

आज जीवन बीमातर्फ प्रभु महालक्ष्मीको शेयर मूल्य सर्वाधिक २.०४ प्रतिशत घटेको छ ।  यस्तै, निर्जीवन बीमातर्फ नेपाल इन्स्योरेन्सको शेयर मूल्य १.५१ प्रतिशत घटेको छ । 

आज जीवन बीमा तर्फ नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य सर्वाधिक ०.३२ प्रतिशत र निर्जीवन बीमा समुह तर्फ नेको इन्स्योरेन्सको शेयर मूल्य सर्वाधिक १.८१ प्रतिशत बढेको छ । 

आज पुनर्बीमा तर्फ नेपाल पुनर्बीमा कम्पनीको शेयर मुल्य १.७६ प्रतिशत घटेको छ भने हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्य ०.४४ प्रतिशत घटेको छ । 

 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved