हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2024 | 09:34:02 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज माघ ११ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि माघ १४ गते बुकक्लोज गर्ने निर्णय गरेकोले आज माघ ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन र कम्पनीको लाभांश पाउनेछन् । 

कम्पनीले माघ २५ गते साधारणसभा आह्वान गरेको छ । सभाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८.६३ प्रतिशतका दरले बोनश शेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ६.३७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । 

साधारणसभामा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पेश हुने छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved