सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न, ६ संचालक चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2024 | 06:18:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको आ.व. २०७८।०७९ को छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष तारा चन्द केडियाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । 

कम्पनीको छैठौं वार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने अघिल्लो आ.व. ०७८÷७९ वार्षिक प्रतिवेदन सहित साबिक सानिमा लाईफ इन्स्योरेन्स लि. तथा रिलायन्स लाइफ इन्स्योरेन्स लि. का आ.व. २०७८÷०७९ को लेखापरिक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ । साथै आ.व.०७८ ÷७९ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव समेत पारित गरेको छ ।

सभाले संस्थापक शेयरधनी समुहको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरु क्रमशः  कुमार प्रसाद कोइराला, रतनलाल केडिया, डा. सुवर्ण दास श्रेष्ठ र भरत कुमार तोदी तथा सर्वसाधारण शेयरधनी समुहको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक क्रमशः केशव राज के.सी. र परिक्षीत खेम्का निर्विरोध निर्वाचित गरेको छ।  

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved