नेप्सेको भावी कार्यक्रम: डे ट्रेडिङ, अन्तराष्ट्रिय ट्रेडिङ सिस्टमदेखि एआईबाट सुपरिवेक्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2024 | 09:59:11 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले दोस्रो बजार विकास कार्यक्रम पारित गरेको छ । नेप्सेको पुस २९ गते सम्पन्न साधारणसभामा नेप्सेका अध्यक्ष शोभाकांन्त पौडेलले   “सबल नेप्से–सुदृढ पुँजी बजार” भन्ने मूल भावनामा आधारित आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा रही दोस्रो बजार विकास कार्यक्रम प्रस्तुत गरेका थिए ।

उनले नेप्सेलाई दक्ष, प्रतिस्पर्धी तथा सबल संस्थाका रुपमा विकास गरी विस्तारित तथा प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने लक्ष्यका साथ दोस्रो बजार विकास कार्यक्रम पेश गरेका थिए । साधारणसभाले उक्त कार्यक्रम पारित गरेको छ ।

यस्ता छन् नेप्सेले अघि सारेका कार्यक्रमहरु ; 


१. कर्मचारी व्यवस्थापन तथा संगठन संरचना पुनरावलोकन गर्ने

-कर्मचारीको कार्यदक्षता तथा उत्पादकत्व वृद्धि गर्न तालिमहरुमा सहभागी गराउने ।

-कर्मचारीहरुलाई प्रदान गरिने सेवा सुविधाको पुनरावलोकन गर्ने ।

-सेवाका विभिन्न पदहरुमा विनियमावली अनुसार पदपूर्ति गर्ने ।

-सूचना प्रविधि विज्ञ, व्यवसाय विकास विज्ञको सेवा प्राप्त गर्ने ।

-सूचना प्रविधि अधिकृत, सहायक स्तर र कार्यालय सहयोगी र सवारी चालकको सेवा प्राप्त गर्ने ।


२. वित्तीय सचेतना कार्यक्रम सञ्चालन गर्ने

-लगानीकर्ता, सञ्चारकर्मी लगायत सरोकारवाला लक्षित पुँजी बजार सचेतना तथा साक्षरता कार्यक्रम आयोजना गर्ने ।

-देशका विभिन्न स्थानका कलेज तथा विद्यालयका विद्यार्थीलाई दोस्रो बजार सम्बन्धी जानकारी दिन Visit Nepse कार्यक्रम सञ्चालन गर्ने ।

-दोस्रो बजार सम्बन्धी निवन्ध प्रतियोगिता गर्ने ।

-नवप्रवेशी कारोबार सदस्यलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने ।

- नेप्सेका गतिविधिलाई सामाजिक सञ्जाल मार्फत प्रचारप्रसार गर्ने ।


३. भौतिक पूर्वाधार विकास तथा कार्यालय व्यवस्थापनमा सुधार गर्ने

-नेप्सेमा कार्यरत कर्मचारी र निकट भविष्यमा आउने कर्मचारीहरुलाई पर्याप्त हुने गरी कार्यकक्ष निर्माण गर्ने, उत्तरतर्फ Boundary Wall निर्माण गर्ने ।

-नेप्सेको Power System Upgradation गर्ने ।

-कार्यालय परिसरमा सवारी साधन पार्किंग निर्माण गर्ने ।

-CCTV Storage क्षमता बढाउने, Intercome Telephone Enhance गर्ने ।


४. संस्थागत सुशासनलाई सुदृढ बनाउने

-नेप्सेका समिति तथा उपसमितिलाई थप सक्रिय बनाउने, आवश्यकता अनुसार समिति÷उपसमितिका कार्यविधि संशोधन÷परिमार्जन गर्ने, कार्यान्वयनलाई प्रभावकारी बनाउने ।

-निर्धारित समयभित्रै वार्षिक साधारण सभा सम्पन्न गर्न आवश्यक विवरण तयार गर्ने ।

-आर्थिक वर्ष २०७९÷८० को लेखा परीक्षण समयमा सम्पन्न गरी वित्तीय विवरण प्रकाशन गर्ने ।

-नेप्सेको ३१ औं वार्षिकोत्सव कार्यक्रम गर्ने ।

-वातावरणीय, सामाजिक तथा सुशासन ९(Environment, Social and Governance) सम्बन्धी नीति प्रवद्र्धनका लागि कार्यक्रम सञ्चालन गर्ने ।

- नेप्सेको सेयर जारी गर्ने सम्बन्धी प्रक्रिया अगाडि बढाउने ।


५. पुँजी बजार विकासका लागि अध्ययन अनुसन्धान गर्ने

-सुपरिवेक्षणका लागिArtificial Intelligence (AI) System उपयोगका सम्बन्धमा अध्ययन गर्ने ।

- Day Trading तथा ओटीसी बजार विस्तार सम्बन्धि अध्ययन कार्य गर्ने ।

-प्रदेश तथा स्थानीय सरकारले जारी गर्न सक्ने ऋणपत्र सम्बन्धी अध्ययन गर्ने ।

-नेप्सेको विस्तृत लेखा परीक्षणf (Due Diligence Audit)  गर्ने ।

-आवश्यकता अनुसार अन्य समय सापेक्ष अध्ययन गर्ने ।


६. कारोबार अनुगमन तथा सुपरीवेक्षण गर्ने

-सदस्यता तथा सुपरिवेक्षण विनियमावली लागु गर्ने ।

- कारोबार सदस्य (दलाल तथा डिलर)को स्थलगत तथा गैरस्थलगत सुपरिवेक्षणका लागि कार्यतालिका बनाउने, निरीक्षण तथा सुपरिवेक्षण प्रतिवेदन पेश गर्ने ।

-विद्यमान सुपरिवेक्षण प्रणालीको प्राविधिक स्तरोन्नति गर्ने ।

-सूचीकृत कम्पनीहरुको आवधिक वित्तीय विवरण र सूचकांक अध्यावधीक गर्ने ।

-सूचिकृत संगठित संस्थाहरुको वित्तीय तथा गैर वित्तीय विवरणहरुको अनुगमन गर्ने ।


७. प्रणाली विकास तथा व्यवस्थापन गर्ने

-अन्तर्राष्ट्रिय स्तरको Tested Online Trading Software खरिद गर्ने ।

-Nots मा प्रयुक्त software  नवीकरण गर्ने, Hardware, Website, Power system लगायत अन्य सेवाको सुनिश्चितताका लागि Annual Maintenance Contract (AMC) सेवा खरिद र नवीकरण गर्ने ।

- कार्यालयका उपकरण सञ्चालका लागि आवश्यक licenses, software, hardware, खरिद तथा नवीकरण गर्ने ।

- नयाँ Data Center निर्माण गर्ने । (हाल Data Center मा प्रयोग भइरहेका हार्डवयर, सफ्टवेयर, सामग्री, उपकरणDR site मा लैजाने)

-सुपरिवेक्षण कार्यमा Business Intelligence (BI) System को उपयोग गर्न आवश्यक सामग्री खरिद गर्ने ।


८. विनियम, कार्यविधि तर्जुमा गर्ने

-सुपरिवेक्षण तथा सदस्यता विनियमावली तर्जुमा गर्ने ।

- Otc बजार विनियमावली, कर्मचारी विनियमावली, आर्थिक प्रशासन विनियमावली संशोधन÷परिमार्जन गर्ने ।

- जोखिम व्यवस्थापन तथा सम्पत्ति दायित्व सम्बन्धि कार्यविधि, २०७६ मा संशोधन गर्ने ।

-SMEs Platformसञ्चालनका लागि आवश्यक विनियमावली तर्जुमा गर्ने ।


९. जोखिम व्यवस्थापन तथा अनुपालन

-वार्षिक नीति तथा कार्यक्रम कार्यन्वयनको मासिक प्रगति प्रतिवेदन तयार गर्ने ।

- त्रैमासिक रुपमा प्रतिवेदन सञ्चालक समितिमा पेश गर्ने ।

- जोखिम व्यवस्थापन तथा अनुपालन सम्बन्धी प्रतिवेदन अर्धवार्षिक रुपमा तयार गरी सञ्चालक समितिमा पेश गर्ने ।


१०. बजार सञ्चालनमा समन्वय गर्ने

-धितोपत्र बजार सञ्चालन सम्बन्धमा नियमक निकाय, सिडिएस एन्ड क्लियरिंग लि, कारोबार सदस्य, मर्चेन्ट बैंकर तथा आवश्यकता अनुसार सूचीकृत कम्पनीहरुसँग समन्वय गर्ने ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved