आजसम्म कायम शेयरधनीले मात्र रिलायबल लाइफ ईन्स्योरेन्सको लाभांश पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2024 | 09:40:55 AM मा प्रकाशित

laxmi  sunrise bank

रिलायबल नेपाल लाइफ ईन्स्योरेन्सको लाभांश सुरक्षित् गर्ने आज माघ १४ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज माघ १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

 कम्पनीले माघ २९ गते बिहान ११ बजे काठमाडौँ स्थित लिसरा ब्यान्क्वेटमा सभा आह्वान गरेको छ।  सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले हाल कायम चुक्ता पुंजीको १६ प्रतिशत  बोनस शेयर र कर प्रयोजनको लागि ०.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव: 

सामान्य प्रस्तावहरु :

१. संचालक समितिको सातौं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारीत गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको Statement of Financial Position, Statement of Cash Flow, Statement of Change in Equity Roo श्रावण १ गतेवाट २०८० आषाढ मसान्त सम्मको Nepal Financial Reporting Standard (NFRS) 3 Statement of Profit or Loss, Consolidated Statement of Other Comprehensive Income, Statement of Distributable Profit or Loss तथा संलग्न अनुसुचिहरु उपर छलफल गरी पारीत गर्ने ।

३. यस कम्पनीको सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेडको आ.व. २०७९/०८० को वित्तीय विवरणहरु सहितको एकिकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने ।

४. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८०/८१ को लागि लेखापरीक्षण समितिबाट सिफारीस गरीएका लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

५. कम्पनीको आ.व. २०७९/८० सम्मको वितरण योग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रु. ४ अर्बको ०.८४ प्रतिशतले हुने रकम विशेष प्रस्तावमा प्रस्ताव गरीए बमोजिमको बोनस शेयर जारी गर्दा लाग्ने लाभांश कर प्रयोजनको लागि स्वीकृत गर्ने ।

६. बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका, २०७५ को दफा १४ (५) बमोजिम उप समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको भत्ता अनुमोदन गर्ने सम्बन्धमा ।

७. सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने।

 विशेष प्रस्ताव :

१. संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्ता पूँजी रु. ४ अर्बको १६ प्रतिशतले बोनस शेयर जारी गर्ने प्रस्ताव पारीत गर्ने ।

२. बोनस शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी रु. ४ अर्ब ६४ करोड पुग्ने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्धपत्रको दफा ६ (ख) मा भएको तत्कालिन चुक्ता पूँजी सम्बन्धी व्यवस्था संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारीत गर्ने ।

३. संशोधित प्रबन्धपत्र अभिलेख गर्ने क्रममाः नियमनकारी निकायहरुबाट कुनै फेरवदल गर्न निर्देशन प्राप्त भएमा सो अनुसार गर्नको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved