युनाईटेड अजोड इन्स्योरेन्सको साधारणसभा आह्वान, यस्ता छन् ९ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2024 | 12:32:53 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाईटेड अजोड ईन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन ६ गते शंखमुलको अनमोल ब्याङ्केटमा बिहान ११ बजे साधारणसभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। कम्पनीले हाल कायम चुक्ता पुंजीको  १०.२६१२ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद लाभांश गरि कुल  १०.८०१३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ 

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। माघ २१ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु

 सामान्य प्रस्तावहरु :
१) संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गर्ने आ.व. २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२) यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदन सहित आ.व. २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, इक्यूटीमा भएको परिवर्तन र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने ।

३) साविक अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदन सहित आ.व. २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, इक्यूटीमा भएको परिवर्तन र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने ।

४) संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी रकम रु. १,९०,४५,६८,०००/- को १०.२६१२ (दश दशमलव दुइ छ एक दुई ) प्रतिशतले हुन आउने रकम रु.१९,५४,३२,०००/- बराबरको बोनस शेयर जारी गर्दा लाग्ने कर वापत चुक्ता पूँजीको ०.५४०१ (शून्य दशमलव पाँच चार शून्य एक) प्रतिशतका दरले हुने रकम रु.१,०२,८५,८९४/७४ नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने ।

५) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम कम्पनीको आ.व. २०८०/८१ को हिसाब किताब लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।

६) समूह “क” का संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिको प्रतिनिधित्व गर्ने संचालक पद ३ जना तथा समूह "ख" का सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिको प्रतिनिधित्व गर्ने संचालक पद २ जनाको निर्वाचन गर्ने ।

विशेष प्रस्ताव :

१) संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजी रकम रु. १,९०, ४५,६८,०००/- को १०.२६१२ (दश दशमलव दुइ छ एक दुई) प्रतिशतले हुन आउने रकम रु.१९,५४,३२,०००/- बराबरको बोनस शेयर जारी गर्ने । त्यसरी बोनस शेयर जारी गर्दा भिन्न अंकमा आउने शेयरलाई संस्थापक शेयर र सर्वसाधारण शेयरको अनुपात कायमै राखि नजिकको पूरा अंक कायम गर्ने । साथै बोनश शेयर जारी गर्दा जारी तथा चुक्ता पूँजीबृद्धि हुने भएबाट सोही अनुरुप प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने ।

२) कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अनपात बमोजिम संचालक समितिको गठन गर्ने तथा सोही मोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने ।

३) कम्पनीको प्रबन्धपत्र र नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम आवश्यक फेरबदल गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved