श्वेत गंगा हाइड्रोको ३८ लाख ५१ हजार कित्ता शेयरको लकइन अवधि सकिँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2024 | 09:22:35 AM मा प्रकाशित

laxmi  sunrise bank

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको ३८ लाख ५१ हजार कित्ता शेयरको लकइन अवधि २०८० फागुन २ बाट समाप्त हुने भएको छ । कम्पनीका संस्थापक शेयरधनीको रुपमा रहेका विदेशी लगानीकर्ताको रुपमा रहेको डोल्मा ईम्प्याक्ट १ को नाममा रहेको  ३८ लाख ५१ हजार कित्ता शेयरको लक इन अवधि सकिने कम्पनीले जनाएको छ

कम्पनीले सूचनामा भनेको छ ''धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३' को नियम ३८ को उपनियम (१) र (१क) बमोजिम उक्त शेयरधनी संस्थाको नाममा रहेको कम्पनीको प्रति शेयर रू. १००/- दरका ३८,५१,००० कित्ता शेयर खरिद बिक्री वा हस्तान्तरण वा लेनदेन गर्न नसक्ने गरी रोक्का रहेको एक वर्षको लक इन (Lock In) अवधि मिति २०८०/११/०२ बाट समाप्त हुने व्यहोरा लगानीकर्ता संस्था तथा अन्य सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।'

सो अवधिपछि डोल्मा ईम्प्याक्ट १ को नाममा रहेको कम्पनीको शेयर खरिद बिक्री वा हस्तान्तरण वा लेनदेन गर्न सकिने छ । 

प्राइभेट इक्वीटि, भेन्चर क्यापिटल, हेज फण्ड वा यस्तै प्रकारको कोषको रुपमा बोर्डमा वा विदेशमा दर्ता भएको कोषको वा नेपालमा लगानी गर्न प्रचलित कानून बमोजिम स्वीकृति प्राप्त विदेशी सरकारको लगानी रहेको संस्थाको स्वामित्वमा रहेको धितोपत्र संगठित संस्थाले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन गरेको शेयर बाँडफाँड भएको मितिले एक वर्षको अवधि पूरा भएपश्चात बिक्री गर्न सक्ने व्यवस्था अनुसार कम्पनीको संस्थापक शेयरधनी डोल्मा ईम्प्याक्ट १ को नाममा रहेको शेयरको लकइन अवधि खुल्न लागेको हो  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved