निर्धन उत्थान लघुवित्तको साधारणसभा आह्वान, यस्ता छन् ४ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2024 | 09:13:01 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्धन उत्थान लघुवित्तले साधारणसभा आह्वान गरेको छ। कम्पनीले फागुन ११ गते आफ्नै केन्द्रीय कार्यालय नक्सालमा साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। माघ २८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :

(१) सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने ।

 (२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू सम्वन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने ।

(३) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

(४) संस्थाको सञ्चालक समितिका सदस्यहरूको मनोनयन / नियुक्ति अनुमोदन गर्ने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved