शेयर मूल्य ५० रुपैयाँ कायम गरेर आईपीओ निकाल्दै अकामा होटेल, विशेष साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2024 | 12:11:37 PM मा प्रकाशित

laxmi  sunrise bank

अकामा होटेल लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन १४ गते अकामा होटेल मै विशेष साधारणसभा आह्वान गरेको हो ।

विशेष साधारणसभामा कम्पनी अधिकृत, जारी तथा चुक्ता पुंजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने, संचालक तथा सो अन्तर्गत गठित समिति सदस्यहरुको पारिश्रमिक, भत्ता तथा सुविधा निर्धारण गर्ने प्रस्ताव पेश हुने छ । त्यस्तै हाल कायम रहेको अंकित मूल्य रु १०० को शेयर पुंजीलाई रु ५० मा विभाजन गर्ने प्रस्ताव पनि पेश हुने छ ।  साथै सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश हुने छ । 

 यस कम्पनीले काठमाडौंको धुम्बाराहीमा ४ तारे डिलक्स होटेलको रुपमा अकामा होटेल संचालन गरिरहेको छ । यो होटेल सानिमा समुहले निर्माण गरेको हो । होटेलमा एनआरएनहरुको पनि लगानी छ ।

यो होटेल विश्व विख्यात ब्राण्ड ‘रमडा' (Ramada by Wyndham)को नामबाट सञ्चालन हुने गरि हालै मात्र सम्झौता भएको छ ।९ रोपनी क्षेत्रफलमा फैलिएको अकामा होटलमा सुपेरीयर–९५, डिलक्स– ६, डिलक्स स्विट– ४, फेमिलि स्विट– २, प्रेसिडेन्टल स्विट– १ गरी जम्मा १०८ कोठाहरु र २ सय बेड संख्या छन्। न्युनतम २० देखी ६५० जना सम्म कभर गर्ने विभिन्न किसिमका ५ वटा हलहरु साथै स्पेशल चाउवेला रेष्टुरेष्ट समेत गरी तिन वटा रेष्टुरेष्टहरु तथा आउटडोर स्वमिङ्ग पुल, जिम, स्टिम, साउना,ज्याकुजी र स्पा रहेका छन् । यस होटलमा हाल १३० जना विभिन्न तहतप्का कर्मचारीहरु कार्यरत छन् । यस होटलमा दुई तला बेसमेन्ट सहितको पर्याप्त पार्किङ सुविधा समेत रहेको छ ।

त्रिभुवन इन्टरनेशनल एयरपोर्ट,पशुपतीनाथ,बौद्ध स्तुपा, बुढानिलकण्ठ मन्दिर,दरबार स्क्वायर,स्वयम्भुनाथ स्तुपा तथा ठमेल लगायतका प्रमुख पर्यटकीय गन्तब्य स्थलहरु न्जिक रहेको यो होटल ‘रिङ रोड’को मध्य भागमा अवस्थित छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved