यूनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा सम्पन्न, ५ संचालक चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2024 | 12:51:10 PM मा प्रकाशित

laxmi  sunrise bank

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीले आइतबार मर्जर पछिको पहिलो साधारण सभा गरेको हो । 

सभाले संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९÷८० को साविक अजोड इन्स्योरेन्स लिमिटेड साथै यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८० साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ। सभाले आर्थिक वर्ष २०८०÷८१ का लागी बाह्य लेखापरीक्षक  जे.बि. राजभण्डारी एण्ड दिबिन्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको छ। 

सभाले कम्पनीको हाल कायम चुक्ता पुँजीको १०.२६१२ (दश दशमलव दुई छ एक दुई) प्रतिशतले हुन आउने रकम रु.१९,५४,३२,०००÷– (अक्षरेपी उन्नाइस करोड चौवन्न लाख बत्तीस हजार) र कर प्रयोजनका लागि नगद लाभांश ०.५४०१ (शून्य दशमलव पाँच चार शून्य एक) प्रतिशतका दरले हुने रकम रु.१,०२,८५,८९४÷७४ (अक्षरेपी एक करोड दुई लाख पचासी हजार आठ सय चौरानब्बे र चौहत्तर पैसा) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने तथा सोहि बमोजिम प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ। यसैगरी नियमावलीमा संचालकको संख्या र कार्यकाल र नियुक्ती सम्बन्धमा आवश्यक संशोधन गर्न स्वीकृति प्रदान गरेको छ।

साथै संचालक समितिको सदस्यहरुको निर्वाचन भई संस्थापक शेयरधनीतर्फ अजाद श्रेष्ठ, प्रणव कुमार दास     (प्रतिनिधि श्री सि.जि. फुडस् नेपाल लि. को तर्फबाट) र बलराम खनाल (प्रतिनिधि चौधरी ग्रुप प्रा.लि.को तर्फबाट) निर्विरोध निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनीतर्फ  पानु दत्त पौडेल र  शम्भु अधिकारी निर्विरोध रुपमा निर्वाचित भएका छन् । 

साविकको यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि. र साविकको अजोड इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिए (मर्जर) पश्चात संयुक्त रुपमा श्री यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट मिति २०८० जेठ १४ गतेबाट एकीकृत कारोबार भएको थियो । मर्जर पश्चात कम्पनीको चुक्ता पूँजी रु १,९०,४५,६८,०००÷‐ कायम भएको थियो । 

साविकका दुबै कम्पनीको शाखा, उपशाखा कार्यालयहरुको मिलान तथा कर्मचारीहरुलाई समायोजन गरि प्रधान कार्यालय लगायत ६ वटा प्रादेशिक कार्यालय, ४१ वटा शाखा कार्यालयहरु, ४३ वटा उपशाखा कार्यालयहरु, ५ वटा बीमा काउण्टरहरु र ६ वटा तेश्रो पक्ष बीमा काउण्टरहरुबाट र ३६५ दिन प्रधान कार्यालयबाट कम्पनीले बीमा सेवा प्रदान गर्दै आएको छ ।

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved