कृषि विकास बैंकको साधारणसभा आह्वान, यस्ता छन् ५ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2024 | 08:26:17 AM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले फागुन ३० गते भक्तपुरको बोडे स्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा सभा आह्वान गरेको हो ।

बैंकले साधारणसभा प्रयोजनको लागि फागुन १७ देखि फागुन ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। फागुन १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । बैंकले लाभांश प्रस्ताव गरेको  छैन । 

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावहरु 

साधारण प्रस्ताव 

(१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९ / ०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

(२) लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९ / ०८० को वासलात, सोही अवधिको नाफा नोक्सान हिसाव, ईक्विटीमा भएको परिवर्तन, नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूचीहरू लगायत वार्षिक आर्थिक विवरणहरू छलफल गरी पारित गर्ने ।

(३) यस बैंकको सहायक कम्पनीहरू कोष व्यवस्थापन कम्पनी लि. तथा गोवर ग्याँस कम्पनीको आ.व. २०७९ / ०८० को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने ।

(४) आर्थिक वर्ष २०८० / ०८१ को लागि महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षक नियुक्तिको लागि परामर्श प्राप्त भएका लेखापरीक्षकहरूलाई यस बैंकको लेखापरीक्षकमा नियुक्ति गर्ने तथा पारिश्रमिक र सेवा शर्त तोक्ने ।

विशेष प्रस्तावहरू:

(१) प्रबन्धपत्र तथा नियमावलीमा प्रचलित कानून बमोजिम संशोधन गर्नु पर्ने भएमा वा नियमनकारी निकायबाट संशोधन गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन तथा संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved