ठमेल प्लाजा होटलले आईपीओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2024 | 10:40:14 AM मा प्रकाशित

laxmi  sunrise bank

ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले चैत ७गते बोलाएको १२ औ साधारणसभामा विशेष प्रस्ताव अन्तर्गत आईपीओ निष्काशन गर्ने प्रस्ताव पनि समावेश गरेको छ ।

कम्पनीले होटेल मै साधारणसभा आह्वान गरेको छ । कम्पनीले ठमेलमा ६१ कोठा भएको होटेल संचालन गरिरहेको छ । होटेलको व्यवस्थापन रमादाले गरिरहेको छ । यो होटेललाई रमदा इन्कोरको नामले पनि चिनिन्छ ।

यस्ता छन् कम्पनीको साधारणसभामा पेश हुने प्रस्ताव: 

१) संचालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ. व. २०७९ / ०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने बारे,

२) लेखापरिक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, तथा सोही मितिमा समाप्त आ.व. २०७९/०८० को नाफा नोक्सान हिसाब, शेयर पूँजीमा भएको परिवर्तन, नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अन्य अनुसूचिहरु उपर छलफल गरि पारित गर्ने बारे,

३) कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आ.व. २०५०/०८१ को लेखापरिक्षण गर्नको लागि लेखापरिक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने बारे,

विशेष प्रस्ताव 

१) बैंक तथा वित्तिय संस्थाहरुबाट चुक्ता पूँजी र सञ्चित मुनाफा (फ्रि रिजर्भ) भन्दा बढि ऋण लिने तथा सोका लागि संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा,

२) कम्पनीको पूँजी संरचना परिवर्तन गर्ने सम्बन्धमा,

३) कम्पनीको प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा,

४) सर्वसाधारणका लागि छुट्याइएको शेयर (IPO) जारी गर्ने सम्बन्धमा,

५) पूँजी संरचना परिवर्तन, प्रबन्ध पत्र तथा नियमावली संशोधन लगायत सार्वसधारणका लागि छुट्याइएको शेयर (IPO) जारी गर्ने सम्बन्धमा नियमनकारी निकायहरुबाट कुनै पनि किसिमको फेरबदल, संशोधन एवं थपघट सम्बन्धी कुनै निर्देशनहरु प्राप्त भएमा सोही बमोजिमको आवश्यक सम्पूर्ण कार्य गर्न संचालक समितिलाई आवश्यक सम्पुर्ण अख्तियारी प्रदान गर्ने,

६) यस कम्पनीको नाममा जग्गा खरिद गर्ने सम्बन्धी कम्पनी ऐन २०६३ को दफा ९३ को उपदफा (१) बमोजिम प्रस्ताव उपर छलफल गरी संचालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रदान गर्ने बारे ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved