नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारणसभा आह्वान, यस्ता छन् ६ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 29, 2024 | 08:39:09 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले चैत्र २० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा साधारणसभा आह्वान गरेको हो ।

सभामा सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षण विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २४ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको पेश हुने प्रस्तावहरु :

१. आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ ३१, २०८० मा समाप्त भएको वर्षको वासलात, तथा सोही मितिमा समाप्त भएको आ.व. २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने ।

३. यस बैंकको सहायक कम्पनी "एनआइएमबि एस क्यापिटल लिमिटेड" र "एनआइएमबि स्टक मार्केट्स लिमिटेड” समेतको आ.व. २०७९/०८० को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण स्वीकृत गर्ने ।

४. कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ को दफा ६३ अनुसार आर्थिक वर्ष २०८० / ०८१ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिश मुताविक लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियूक्तिको शर्त तोक्ने ।

५. संस्थापक शेयरधनीहरुको तर्फबाट ४ (चार) जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ (दुई) जना सञ्चालकहरुको निर्वाचन गर्ने ।

 विशेष प्रस्ताव
साधारण सभाको निर्णयमा नियमनकारी निकाय वा कार्यालयबाट कुनै भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सो मुताविक गर्न सञ्चालकसमितिलाई पूर्ण अख्तियारी दिने । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved