नेप्सेमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटको लागि कारोबार स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2024 | 11:27:27 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार नियमित कारोबार सुरु भएपछि शेयर बजारमा दोस्रो पटक सर्किट ब्रेक लागेको छ । नेप्से सूचक ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि कारोबार स्थगित भएको छ ।

११ बजार २४ मिनेट १५ सेकेण्डमा नेप्से सूचक ५ प्रतिशतले बढेको हो । ५ प्रतिशतको वृद्धिपछि नेप्से सूचक २०५९ को बिन्दुमा पुगेको छ  ।

आज ११ बजेर ३ मिनेटमा नेप्से सूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । पहिलो सर्किट ब्रेकपछि बजार खुलेको २ मिनेट भित्र मै दोस्रो सर्किट ब्रेक लागेको हो ।

 नेकपा एमालेसहितको सरकार बन्ने भएपछि शेयर बजारमा उछाल आएको हो ।

के छ सर्किट ब्रेकको नियम ?

 पहिलो घण्टामा नेप्से सूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेट कारोबार स्थगित हुनेछ  त्यस्तै दोस्रो घण्टा भित्रमा सूचक ५ प्रतिशतले घटे वा बढे ४० मिनेट कारोबार स्थगित हुनेछ  र तेस्रो घण्टा भित्र वा त्यसपछिको समयमा सूचक ६ प्रतिशतले घटे वा बढे बाँकि पुरै दिनको कारोबार स्थगित हुनेछ  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved