शेयरबजारमा दोहोरो अंकको गिरावट: सर्वोत्तममा पोजेटिभ सर्किट, शिवमको सर्वाधिक कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2024 | 03:18:20 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक १०.८३ अंकले घटेर २०३०.८६ को बिन्दुमा पुगेको छ 

आज कारोबारमा आएका ३१० कम्पनीका ६० लाख ४७ हजार २१ कित्ता शेयर खरिद बिक्रीबाट २ अर्ब २३ करोड ५४ करोड ८५ हजार ५ सय ३४ रुपैयाँ ३० पैसाको कारोबार भएको छ । जस मध्ये शिवम सिमेन्टको सर्वाधिक ९ करोड ७२ लाख, जोशी हाइड्रोको ८ करोड ३२ लाख, सोनापुर सिमेन्टको ७ करोड ३३ लाख , त्तहा हिमालयन रिइन्स्योरेन्सको ७ करोड १० लाखको कारोबार भएको छ 

आज कारोबारमा आएका मध्ये सर्वोत्तम सिमेन्टको शेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ । त्यस्तै हिमालयन ८०-२० म्युचुअल फण्डको इकाई मूल्य ९.९३ प्रतिशत बढेको छ । त्यस्तै इस्टर्न हाइड्रोको शेयर मूल्य ७.२४ प्रतिशत, पिपुल्स पावरको शेयर मूल्य ५.२२ प्रतिशत तथा बलेफी हाइड्रोको शेयर मूल्य ४.२७ प्रतिशत बढेको छ । 

आज कारोबारमा आएका मध्ये कालिका लघुवित्तको शेयर मूल्य सर्वाधिक ५.६६ प्रतिशत घटेको छ । त्यस्तै श्रीजनशील लघुवित्तको शेयर मूल्य ३.९६ प्रतिशत, तथा उन्नति सहकार्य लघुवित्तको शेयर मूल्य ३.७३ प्रतिशत घटेको छ । 

आज कारोबारमा आएका मध्ये उत्पादन तथा प्रशोधन समुह बाहेक सबै समुहगत सूचक घटेको छ । उत्पादन तथा प्रशोधन समुह ०.९१ प्रतिसत बढेको छ । यस समुहमा पनि सर्वोत्तम सिमेन्टको मात्र मूल्य बढेको छ । आज फाइनान्स समुह सर्वाधिक १.७२ प्रतिशत घटेको छ । 

आज कारोबारमा आएका मध्ये १८८ कम्पनीको शेयर मूल्य घटेको छ भने ५१ कम्पनीको मूल्य बढेको छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved