सर्वोत्तम सिमेन्ट लिमिटेड नेपाल स्टक एक्सचेन्ज नेप्सेको १२ औ ठूलो कम्पनी बनेको छ । बजार पुँजीकरणको हिसाबमा सर्वोत्तम आज टप १२ भित्र प्रवेश गरेको हो ।
नेप्सेमा चैत्र ६ गतेबाट सर्वोत्तम सिमेन्टको शेयर कारोबार सुचारु भएको हो । कम्पनीको SARBTM सिम्बलबाट कारोबार भएको हो । चैत्र ६ गते, चैत्र ७ गते, चैत्र ८ गते, चैत्र १२ गते, चैत्र १३ गते, र आज चैत्र १४ गते गरि लगातार छैठौ दिन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
चैत्र ६ गते कम्पनीको पहिलो कारोबार प्रति कित्ता ५५६ रुपैयाँमा भएको थियो । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि १८५.३६ रुपैयाँ देखि ५५६.०८ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो । यस रेन्जको बीचमा रहेको जुनुसुकै मूल्यबाट कम्पनीको कारोबार सुरु हुन सक्ने व्यवस्था थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको ३ गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ ।
नेप्सेमा कम्पनीको ४ करोड ६५ लाख कित्ता शेयर सुचिकृत भएको छ। सुचिकृत भएको ४ करोड ६५ कित्ता शेयर मध्ये संस्थापक समुहको ८७.०९६ प्रतिशत अर्थात् ४ करोड ५ लाख कित्ता रहेको छ । बाँकि रहेको १२.९०३ प्रतिशत अर्थात् ६० लाख कित्ता शेयर योग्य संस्थागत लगानीकर्ता, आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र आम नेपाली नागरिकलाई निष्काशन गरिएको हो । कम्पनीले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गरेको हो ।
यो पनि : लगातार पोजेटिभ सर्किट लागिरहेको सर्वोत्तम सिमेन्टको वित्तीय अवस्था कस्तो, को सँग कति छ शेयर ?