हकप्रदको पर्खाईमा एक दर्जन कम्पनी, कुन कम्पनीको कति कित्ता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2024 | 12:00:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डमा हकप्रद निष्काशनको अनुमति माग गर्दै आवेदन दिने कम्पनीको संख्या एक दर्जन नाघेको छ । चैत्र महिनामा नेको इन्स्योरेन्स र तेह्रथुम पावरले आवेदन दिएपछि हकप्रद अनुमतिको पर्खाईमा रहेका कम्पनीको संख्या १३ पुगेको हो ।

यी १३ कम्पनीले कुल ११ अर्ब ३६ करोड ४५ लाख २८ हजार २ सय रुपैयाँ बराबरको ११ करोड ३६ लाख ४५ हजार २ सय ८२ कित्ता शेयर निष्काशन गर्न लागेका हुन् । १३ कम्पनी मध्ये २ वटा जीवन बीमा कम्पनी, २ वटा निर्जीवन बीमा कम्पनी र बाँकि ९ वटा हाइड्रोपावर कम्पनी रहेका छन् ।

१३ कम्पनी मध्ये ५ वटा कम्पनीको हकमा धितोपत्र बोर्डले उनीहरुको आवेदन हेरेर अपुग विषय तथा कागजात थप गर्न भनिसकेको छ । साथै कम्पनीले बोर्डले भने अनुसारको विवरण थप गरेर पुन: बोर्डमा पठाईसकेका छन् । अन्य कम्पनीको तुलनामा यी ५ कम्पनीले छिटो हकप्रद निष्काशन अनुमति पाउने देखिन्छ । यस्ता कम्पनीमा छ्याङदी हाइड्रो, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, हिमालय उर्जा विकास कम्पनी, आँखुखोला जलविद्युत कम्पनी र ङा्दी ग्रुप पावर कम्पनी रहेका छन् । धितोपत्र बोर्डमा नयाँ अध्यक्ष चयन भएर आएपछि यी कम्पनीको फाइल छिटो अगाडी बढ्ने देखिन्छ ।

बाँकि रहेका ८ कम्पनीको आवेदन भने प्रारम्भिक चरण मै रहेको छ । आवेदन प्रारम्भिक चरण मै रहेका कम्पनीमा लिबर्टी इनर्जी कम्पनी लिमिटेड, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, एनएलजी इन्स्योरेन्स, जोशी हाइड्रोपावर , खंलीखोला हाइड्रोपावर, प्रभु महालक्ष्मी इन्स्योरेन्स, नेको इन्स्योरेन्स र तेह्रथुम पावर कम्पनीको आवेदन भने प्रारम्भिक चरण मै रहेको बोर्डले जनाएको छ ।

हेर्नुस् कुन कम्पनीको कति हकप्रद पाईपलाइनमा ?

चालु आर्थिक वर्ष २०८०/८१ मा ५ वटा कम्पनीले हकप्रद निष्काशन अनुमति पाईसकेका छन् । घलेम्दी हाइड्रो, सिंगटी हाइड्रो, अरुण भ्याली हाइड्रो, रिडी हाइड्रो र नारायणी डेभलपमेन्ट बैंकले हकप्रद निष्काशन अनुमति पाईसकेका छन् । यी मध्ये नारायणी बाहेक सबै कम्पनीले हकप्रद बिक्री पनि गरिसकेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved