आज पनि शेयरबजारमा गिरावट: सर्वोत्तम सिमेन्टको कारोबार उच्च, २ कम्पनीमा पोजेटिभ सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2024 | 03:15:59 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन सोमबार पनि शेयर बजार परिसूचक नेप्से घटेको छ। आज नेप्से सूचक ६.२६ अंकले घटेर २०१२.०७ को बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका ३१५ कम्पनीका ७२ लाख ९० हजार २ सय कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३ सय ५ रुपैयाँ ७५ पैसाको कारोबार भएको छ । जस मध्ये सर्वोत्तम सिमेन्टको सर्वाधिक ४७ करोड २९ लाखको कारोबार भएको छ । त्यस्तै शिवम सिमेन्टको ११ करोड तथा गोर्खाज फाइनान्सको ९ करोड ९९ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये गुराँस लघुवित्त र माइखोला हाइड्रोको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै महुली लघुवित्तको शेयर मूल्य ९.४४ प्रतिशत तथा तारागाउँ रिजेन्सी होटेलको शेयर मूल्य ७.२५ प्रतिशत बढेको छ।

आज रिभर फल्स पावरको शेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशत घटेको छ भने हिमालयन हाइड्रोको शेयर मूल्य ६.२७ प्रतिशत घटेको छ । त्यस्तै अपर लोहोरे खोलाको शेयर मूल्य ६.१७ प्रतिशत तथा धौलागिरी लघुवित्तको शेयर मूल्य ५.७३ प्रतिशत घटेको छ।

आज होटेल समुह तथा ट्रेडिङ समुह बाहेकका सबै समुहगत सूचक घटेका छन् । आज होटेल समुह सर्वाधिक १.१६ प्रतिशत बढेको छ । आज कारोबारमा आएका मध्ये १५१ कम्पनीको शेयर मूल्य घटेको छ भने ८६ कम्पनीको मूल्य बढेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved