सिंगटी हाईड्रोको लिलामीको शेयरमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2024 | 08:43:40 AM मा प्रकाशित

laxmi  sunrise bank

सिंगटी हाईड्रो इनर्जी लिमिटेडले लिलामीमा ल्याएको शेयरमा आवेदन दिने आज चैत्र २० गते अन्तिम दिन रहेको छ।  कम्पनीले  चैत्र १२ गतेदेखि हकप्रदमा अवितरित ४६ लाख ११ हजार ५ सय ३९ कित्ता शेयर लिलाममा ल्याएको हो।  

 शेयर लिलाम प्रक्रियाको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यस लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि दिनु पर्ने छ भने अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ। तर दशमलवमा शेयरको लागि आवेदन दिन पाइने छैन  । ५ लाख भन्दा बढी रकम आवेदन दिनेले अनिवार्य प्यान नम्बर उल्लेख गर्नु पर्ने छ  ।

कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ। 

कम्पनीले निष्काशन गरेको हकप्रद शेयरहरु फागुन ३० गते बुधबार बाँडफाँड भएको हो। कम्पनीले २०८० पौष २१ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ कित्ता शेयर बराबर नयाँ १ कित्ता (१ः१) शेयरको अनुपातमा प्रति शेयर रु.१००÷– अंकित दरको १,४५,००,००० कित्ता हकप्रद शेयरको निष्काशन गरेको थियो । क्यापिटलका अनुसार रितपूर्वक आवेदन दिने ७६,२०० जना शेयरधनीहरुलाई ९८,८८,४६१ कित्ता हकप्रद शेयर बाँडफाँड गरीएको छ । 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved