७६ प्रतिशतले बढ्यो आइएमई लाईफको खुद नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2024 | 11:08:03 AM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई लाईफको खुद नाफा बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण अनुसार कम्पनीको नाफा ७५.७८ प्रतिशतले बढेको हो ।

चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले १८ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३ अर्ब २९ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीको प्रति शेयर आम्दानी ११.०५ रुपैयाँ, र प्रति शेयर नेट वर्थ १७७.२५ रुपैयाँ रहेको छ । हाल कम्पनीको चुक्ता पुंजी ४ अर्ब रहेको छ । 

कम्पनीले १४ अर्ब ३४ करोड ७२ लाख रुपैयाँ विभिन्न क्षेत्रमा दिर्घकालका लागि लगानी गरेको छ । त्यसैगरी, ७ करोड १० लाख रुपैयाँ अल्पकालका लागि लगानी गरेको विवरणमा उल्लेख छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved